काठमाडौंको फोहोर बोकेर पुगेका ट्रकलाई रोके बन्चरेका स्थानीयले
२४ जेठ २०७९, काठमाडौंः काठमाडौंबाट फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोकेका छन्। काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो। उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको काठमाडौं महानगरपालिकाकी वातावरणीय विभाग प्रमुख सरिता राईले बताइन्।
सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको थियो। सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको थियो। तर बिहानै त्यहाँ पुगेका गाडीहरूबाट स्थानीयले फोहोर विसर्जन गर्न दिएनन्।
‘यहाँ पहिले पनि स्थानीयले फोहोर रोक्दै आएका थिए, आज पनि हामीसँग सहमति भएको छैन भन्दै अवरोध गरेका छन्,’ उनले भनिन्।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
