इटालीको हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, जेष्ठ, २९
जानकारी केन्द्र । शनिबार भएको इटालीको हेलिकोप्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।
विहानै एयर ट्राफिकबाट हराएको उक्त हेलिकोप्टरलाई दिनभरी खोजी गरिएको थियो । साँझ मात्र फेला परेको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा रहेको उद्धारकर्मीले बताए । दुर्घटनमा १ इटालियन पाइलट, ४ टर्कीका नागरिक र २ लेबनानका नागरिकले ज्यान गुमाएका हुन् ।
हेलिकोप्टर मध्य इटालियन क्षेत्रमा पर्ने एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो हुँदै उडेको जनाइएको छ । सोही पहाडको नजिक पुगेर हेलिकोप्टर दुर्घटनामा परेको थियो ।
यसैगरी, प्रारम्भिक अनुसन्धानका अनुसार मौसमको खराबीका कारण हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

