राजश्व अनुसन्धान विभागको नयाँ महानिर्देशकमा कसलाई नियुक्त गरियो?
जानकारी केन्द्र
२०७९, असार, २
काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन् । अधिकारीले बुधबारदेखि नै जिम्मेवारी सम्हालेको जनाइएको छ ।
कर चुहावट र छलीका विषयमा अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभाग एक महत्वपूर्ण र शक्तिशाली विभाग हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सहसचिव झलकराम अधिकारीलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त गरेका हुन् । अधिकारीलाई सरकारले महानिर्देशक बनाउने तयारी गरेपछि निवर्तमान महानिर्देशक प्रकाश पौडेल सोमबार विभागबाट बिदा भएको जनाइएको छ । उनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएको छ ।
यसैगरी, महानिर्देशक अधिकारी राजस्व समूहमा लामो समयसम्म कार्यरत थिए । विगतमा उनले ठूला करदाता कार्यालयको प्रमुख तथा कर प्रशाशकको रुपमा काम समेत गरेका थिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
