प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने
काठमाडौं । आज शुक्रबार दिउँसो १ बजे बस्ने संघीय संसद् भवन नयाँबानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।
उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाणले तीन विधेयक प्रस्तुत गर्ने जनाइएको छ । उनले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि, विधेयक प्रस्तुत गर्नेछन् ।
यसैगरी, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । साथै, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्ने तयारी रहेको छ छ ।
अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बैठकमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक सम्बन्धी समितिको प्रतिवेदन र बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, पेस गर्ने सम्भावित कार्यसूची छ ।
संसदले गत बिहीबार मात्र आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयक पारित गरेको थियो ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट आउँदै, देशभर डेलिभरी सुरु हुने
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

