युवाहरूको कुटपिटबाट टोखामा एक जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, असार, ५
५ असार २०७९, काठमाडौँ : काठमाडौंको टोखामा एक युवाको हत्या भएको छ। टोखा नगरपालिका वडा नम्बर १ मालुङ बसोबास गर्दै आएका पाँचथरका २२ वर्षीय दीपेन लिम्बूको हत्या भएको हो। गएराति युवाहरूको कुटपिटबाट लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बूसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घर बनाउने कामदारहरूबीच एकापसमा झगडा हुँदा लिम्बू गम्भीर घाइते भएका थिए। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
