सिसडोलमा रंगशाला र पार्क बनाउन चाहन्छौं : मेयर बालेन
५ असार २०७९, काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिसडोलमा रंगशाला र पार्क बनाउन आफूहरूले चाहेको बताएका छन्। आज बिहान एन्फाका पंकजविक्रम नेम्वाङसँगको भेटमा उनले सिसडोलको फोहोर व्यवस्थापन गरी त्यहाँ रंगशाला र पार्क बनाउने चाहना रहेको बताए।
उनले लिग खेल्ने काठमाडौंका क्वलबहरूमा बाहिरका खेलाडीको बर्चश्व रहेकोले स्थानीय खेलाडी टिम बनाउन लागिएको र त्यसका लागि रंगशाला पनि आवश्यक पर्ने बताएका थिए। ‘महानगरका क्लबबाट खेल्ने खेलाडी उत्पादन गर्नको लागि सम्बन्धित पक्षसँग सहकार्य गर्दै ग्रासरूट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहन्छौं,’ मेयर बालेनले भने, ‘सिसडोलमा रहेको फोहोरलाई उचित ब्यबस्थापन गरेर सुन्दर रंगशाला र पार्क निर्माण गर्न चाहन्छौं।’
काठमाडौंबाट सिसडोल करिब १२ किलोमिटरको दूरीमा छ। महानगरभित्रका ए डिभिजन क्लवलाई महानगरले बार्षिक १० लाख दिने गरेको छ। नेपाली फुटबलको विकास, विस्तार र कार्यक्रमबारे मेयर बालेनसँग सहकार्य गर्न तयार रहेको एन्फामा वरिष्ठ उपाध्यक्ष रहेका नेम्बाङले बताए।
‘हामी महानगरमा फुटबलको विकास र कार्यक्रममा सञ्चालनमा सहकार्य गर्न तयार छौं। सुशासन, आर्थिक पारदर्शीता, विकेन्द्रकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउन चाहन्छौं,’ उनले भने।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
