जनकपुरधामका उपमेयरमाथि आक्रमण
जानकारी केन्द्र
२०७९, असार, ५
५ असार २०७९, काठमाडौंः जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरमाथि आक्रमण भएको छ।जनकपुरधाम–२३ लादोबेलास्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको वडा नं. २३ का वडाध्यक्ष राघवेन्द्र साहको समूहले उपमेयर किशोरी साहमाथि मुक्का प्रहार गरेको हो ।
रामजानकी दुल्हा भगवान कुट्टीलाई स्थानीय समाजसेवी एवम् दाताहरुले १७ बिघा १५ कठ्ठा जग्गा दिएकोमा केही समययता त्यो जग्गा बेचबिखन हुन थालेकोले त्यसलाई रोक्न माग गर्दै आइतबार नगरप्रमुख मनोज साहलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए।
मेयर साह कार्यालयमा नभेटेपछि उपमेयर साहलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझेर उपमेयर साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गर्दा उनीमाथि आक्रमण गरिएको हो। उपमेयर साहमाथि आक्रमण भएपछि प्रहरीले उनलाई सुरक्षा दिएर कार्यकक्षमा लगेको थियो।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
