जनकपुरधाममा उपप्रमुखमाथि चप्पल प्रहार
काठमाडौं । आइतबार नगरपालिकामा ज्ञापनपत्र बुझाउन आएका महिलाहरुले जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुखमाथि किशोरी साहमाथि चप्पल प्रहार गरेका छन् ।
उनीहरू उपमहानगरपालिका–२३ बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै नगरप्रमुख मनोज साहलाई ज्ञापन पत्र बुझाउन आएका थिए । ज्ञापनपत्र बुझाउन आएको सो समूहलाई मेयर साहको अनुपस्थितीमा उपप्रमुख साहलाई ज्ञापनपत्र बुझाएका थिए ।
उपप्रमुख साहले ज्ञापनपत्र बुझिसकेपछि आफ्नो कार्यकक्ष भन्दाबाहिर कार्यालय प्रांगणमा सम्बोधन गर्न आएकी थिइन् । उक्त सम्बोधनकै क्रममा उनले आफूहरु कसैलाई उजाड बनाउन नभई बसाल्न आएको बताएकी थिइन् ।
यसैगरी, ती समूहलाई सम्बोधन गरिरहेको क्रममा उपप्रमुख साहमाथि एक जना महिलाले चप्पल प्रहार गरेको जनाइएको हो ।
स्थानीय वासिन्दाले बेला गाउँका स्थानीय समाजसेवी एवं दाताहरुले रामजानकी दुल्हा भगवान कुटीलाई दिएको १७ बिघा १५ कठ्ठा जग्गा बेचबिखन हुन थालेको भन्दै त्यसलाई रोक्न ज्ञापनपत्र बुझाउन आएका थिए ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

