Jankari Kendra
२० भाद्र २०८३, शनिबार
Worldlink

काठमाडौं अदालतबाट फरार व्यक्तिलाई तीन घन्टापछि पक्रियो प्रहरीले

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, ६
काठमाडौं अदालतबाट फरार व्यक्तिलाई तीन घन्टापछि पक्रियो प्रहरीले

६ असार २०७९, काठमाडौँ : जिल्ला अदालत काठमाडौंबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले तीन घन्टापछि नियन्त्रणमा लिएको छ। जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लैजाँदै गर्दा आइतबार सप्तरीको कचन गाउँपालिका घर भई तिलगङ्गा बस्दै आएका अनिल ठाकुर फरार भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालत लैजाँदा फरार भएका ठाकुरलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको बताए। तीन घन्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट ठाकुरलाई पक्राउ गरिएको हो। काठमाडौं प्रहरीले ललितपुर र भक्तपुर प्रहरीको समन्वयमा उनको खोजी गरिरहेको थियो।

Top Changing Nepal

युट्युब सट्स