युवतीको बलात्कारपछि १ लाख लुटपाट
काठमाडौं । काठमाडौंको भोटेबहालमा रहेको गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेर काभ्रे घर भएका एक युवकले सुन र नगद लुटेको जनाइएको छ ।
काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका आशिष भनिने विवश तामाङले बेलुका जेठ २९ गते २४ वर्षीय युवतीलाई बलात्कार गरेका थिए ।
त्यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले आरोपीलाई असार ५ मा वृत कालिमाटीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको बताए । पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएपछि बलात्कार गरिएको थियो । आरोपीले युवतीको साथमा रहेको १ लाख नगद र २ तोला सुन लुटेर भागेको समेत प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
३० वर्षीय विवशले ईमोमार्फत चिनजान भएकी युवतीलाई ‘विवाह गर्छु’ भनेर सम्बन्ध अघि बढाएका थिए । तर, भेट भएपछि उनले बलात्कार गरेर लुटपाट गरेका हुन् । भेट्दा युवतीलाई आरोपीको नाम र ठेगाना समेत थाहा नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीले पूर्वयोजना अनुसार गेस्ट हाउसको लगबुकमा पनि युवतीकै परिचयपत्र र मोबाइल नम्बर इन्ट्री गराएका थिए । बलात्कारपछि सो मोवाइल समेत लिएर आरोपी भागेको जनाइएको छ । प्रहरी वृत कालीमाटीले आरोपीलाई बलात्कार र चोरी मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

