नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमा पक्राउ
काठमाडौं । अर्घाखाँचीमा नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमा पर्ने एक महिला पक्राउ परेकी छन् ।
गत जेठ १ गतेदेखि एक युवकद्वारा पटकपटक बालिकालाई बलात्कारको शिकार बनाउनमा ४० बर्षीया उनी मुख्य सहयोगी रहेको प्रहरीले जनाएको छ ।।
सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो । पीडित पक्षले दिएको जाहेरीमा गत जेठ १ गते राती ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ, बिस्कुट खान जाउँ भन्ने आश्वासन दिदै अन्य लोभ लालचसमेत देखाउँदै बालिकालाई बलात्कारको शिकार बनाएको उल्लेख छ ।
अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीले उनले त्यस यता पनि आफ्नो घरमा र पटकपटक जंगल लगायत स्थानमा लगेर न्यौपानेबाट बलात्कार गराई पैसा समेत लिने गरेको पाईएकोले ती दुबैलाई पक्राउ गरिएको बताए । उनीहरु दुवै विरुद्ध मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरि अदालतमा पेश गरेर ६ दिन म्याद थप्दै अनुसन्धान अगाडी बढाईएको डिएसपी थालाले जानकारी दिए ।
यसैगरी, बलात्कारपछि उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको र कक्षा ६ मा पढ्ने उनी विद्यालय जान पनि छाडेको जनाइएको छ । त्यसतै, उनी घरमा समेत बेलाबेला बर्बराउँदै मध्यरातमा बाहिर जाने गरेकी छन् ।
बालिकालाई बलात्कार गरे, गराए पश्चात उनलाई कसैलाई जानकारी दिए कुट्ने मार्ने लगायतको धम्की दिदै थप मानसिक पीडा दिदै आएको समेत जनाइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
