चिनियाँ सहरमा टेस्ला कार प्रतिबन्ध
एजेन्सी । जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ ।
ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हरेक वर्ष हेबेई प्रान्तको रिसोर्ट सहरमा आयोजना गरिन्छ । बैठकमा अघिल्लो पुस्ताका चिनियाँ नेता मुख्य घरेलु मुद्दामा अनौपचारिक वातावरणमा भेला हुने गर्छन् । यो बैठक हरेक वर्ष जुनको अन्त्यदेखि अगस्टको सुरुमा बस्छ ।
बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन् । जसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ ।
यसैगरी, टेस्लाको तेस्रो मोडलमा ८ ओटा क्यामेरा तथा मिलिमिटर–वेभ राडार र १२ अल्ट्रासोनिक सेन्सर जडान गरिएको छ । उक्त कारमा जडित क्यामेराले जासुसी गर्ने आशंकामा प्रतिबन्ध लगाइएको जनाइएको छ ।
सम्बन्धित समाचार
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



