अप्पर सोलु हाइड्रोले १९.५७ लाख कित्ता बढी आईपीओ बिक्री खुला गर्दै
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुलाउने भएको छ । बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
उक्त कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ ।
निष्कासित कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि भने बाँकी १८ लाख २० हजार ४७५ कित्ता छुट्टाइएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । उक्त आईपीओ छिटोमा असार २३ गते र ढिलोमा साउन २ गते बैंकिङ समयपछि बन्द हुनेछ ।
यसैगरी, लगानीकर्ताले सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
