सिरहाको बजार अनुगमनमा ५० हजारको म्याद गुज्रेको खाद्य नष्ट
अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको बजारबाट करिब रु. ५० हजार मूल्यको म्याद गुज्रेको खाद्य पदार्थ नष्ट गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहल संयुक्त अनुगमन टोली खटिएका थिए । सहर केन्द्रित बजार अनुगमनलाई केही दिनदेखि ग्रामीण क्षेत्रमा केन्द्रित गरिएको थियो ।
डिभिजन कार्यालय सप्तरीका प्रमुख सुरेशकुमार सिंहले भगवानपुर बजारका पसलहरुबाट म्याद गुज्रेको मैदा, मसला, पाउण्डर दूध, खानेतेल, सुर्ति, बिँडी, भुज, चिउरालगायतका सामान नष्ट गरेको बताए । साथै, सिरहाको धनगढीमाई –१० को धनगढी बजारका पसलहरुमा पनि म्याद गुज्रेको मैदा, खानेतेल, स्वायबिन, मसलालगायतका सामान नष्ट गरिएको जनाइएको छ ।
यसैगरी, विभिन्न होटल तथा मिष्ठान्न भण्डारमा हानिकारक रङको प्रयोग गरी बनाइएको मिठाई तथा म्याद गुज्रेको पेय पदार्थसमेत नियन्त्रणमा लिइएको थियो । यहीक्रममा मूल्यसूची नराखेका पसलमा पार्शव ढंगमा मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुको उच्च व्यवस्थापन गर्न तथा दर्ता नभएका पसल या व्यवसायीले दर्ता गराउन पहिलो चेतावनी पनि दिइएको जनाइएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
