अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्दै
काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २४ असारदेखि आईपीओ बिक्री खुला गर्ने जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० अंकित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । जसमध्ये ३० हजार कित्ता कर्मचारीका लागि, ७५ हजार कित्ता सामूहिक लगानी कोषमा र सर्वसाधारणका लागि बाँकी १३ लाख ९५ हजार कित्ता छुट्टाइएको छ ।
आईपीओको निष्काशन छिटोमा असार २८ गते र ढिलोमा साउन ६ गते बन्द हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरदेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
यसैगरी, उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथ, मेरो शेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालको केयर एनपी डबल बी आईएस रेटिङ्ग पाएको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

