टनकपुर सन्धि भएको २६ वर्षपछि नेपालमा पानी
पाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ । सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो । नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरिसक्नुपर्ने भए पनि लामो समय नहर निर्माण ढिलाइको कारण गतिलिन नसकेको नहर आयोजनालाई २६ वर्षपछि भारतले पानी दिएको हो ।
महाकाली सिंचाई आयोजना तेस्रो चरणका अनुसार भारततर्फबाट निमार्ण गरेको नहरको भागमा केही दिन अगाडिबाट परीक्षण गर्नको लागि पानी छोड्न थालेको छ । यसैगरी नेपाली पक्षले पनि आवश्यक तयारी गरेर बुधबार पानी नहरमा ल्याउने गरी तयारी गरिरहेको आयोजना कार्यालयले जनाएको छ । लामो समय भारतले आफ्नो भूमीमा बनाउनुपर्ने मुल नहर निर्माणमा चासो देखाएको थिएन । तर, केही वर्ष अगाडिबाट नहर निर्माणमा भारतीय पक्षले तदारुकता देखाएपछि २६ वर्षपछि नहरमा पानी आएको हो ।
महाकाली सिंचाई आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले तीन दिनदेखि निरन्तर रुपमा टनकपुर नहरबाट नेपालतर्फ पानी आइरहेको बताए । उनले टनकपुर नहरबाट २६ वर्षपछि आएको पानीले असार १५ अर्थात् धान दिवसको दिन नहरको पानीबाट किसानले धान रोप्ने कार्यक्रमसमेत रहेको बताए ।
निर्देशक बमले २६ वर्षपछि महाकालीको पानी नेपालको नहरमा बग्दा सबैमा खुसी छाएको बताए । उनले नहर निर्माण पूर्ण रुपमा पूरा नभएकोले निर्माण कार्य सम्पन्न भएको क्षेत्रलाई आधार बनाएर नहरमा पानी सञ्चालन गर्ने योजना बनाएको बताए ।
आयोजना निर्देशक बमले नेपाल भारत सन्धि भएको झण्डै २६ वर्षसम्म आउँदा मुल नहरको १८.५ किलोमिटर क्षेत्रमा मात्रै मुलनहर निर्माण सम्पन्न भएको बताए । उनले ब्रह्मदेव क्षेत्रबाट सन् २००१ मा मुलनहर निर्माण गर्ने भनेर अनुसन्धान थालिएको नहरको आर्थिक वर्ष ०६३/०६४ देखि सिंचाइको मुख्य नहर निर्माण अगाडि बढाइएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

