झापाको अधिकांश क्षेत्रमा खोला पसेर २७७ घर परिवार प्रभावित
काठमाडौं । झापामा सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण डुबान भएको तथा नदी–खोलामा आएको बाढी गाउँबस्ती पस्दा २७७ घरपरिवार प्रभावित भएका जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले आज सार्वजनिक गरेको क्षति विवरणमा वर्षाले गौरादह, बाह्रदशी, बिर्तामोड, झापा, कचनकवल, भद्रपुर, गौरीगञ्ज, शिवसताक्षी, कमल, दमकलगायतका स्थानमा बढी क्षति भएको उल्लेख छ ।
कार्यालयले कचनकवल गाउँपालिका–१ मा रहेको पिण्डलबारीमा बिरिङ खोलाको बाढीले नेपाल–भारत सीमास्तम्भ (पिलर नं २८, २९) डुबान भई नदेखिने भएको जनाएको छ । शिवसताक्षी नगरपालिका–१ को हरिदेव ताजपुरियाको कुखुरा फाराममा रु १० लाख ४० हजार बराबरको १ हजार दुई कुखुरा मरेको जनाइएको छ ।
यसैगरी, शिवशताक्षी–११ इलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालमा २ वटा कम्प्युटर क्षतिग्रस्त भएको छ । त्यस्तै, प्राय घर तथा पसलमा पानी पसेर चामल, दाल लगायतका खाद्य सामग्री नष्ट भएको छ ।
झापा गाउँपालिका–६ बालुबथानमा तिरिङखोलाको बाँध पनि फुटेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरु बाँध बाँधेको जनाइएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
