सम्झना बिर्सना’ को दोश्रो ट्रेलर सार्वजनिक
काठमाडौं । ३१ असारबाट प्रदर्शनमा आउँदै गरेको फिल्म ‘सम्झना बिर्सना’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ । यसले फिल्मको प्रचार प्रसारमा थप टेवा पुर्याउने भनिएको छ ।
हाल निर्माण युनिट फिल्मको प्रचार प्रसारमा जुटेका छन् । सार्वजनिक भएको उक्त ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ प्रति पूजा शर्माको वान साइड लभ देख्न सकिन्छ । निमेष प्रधानको लेखन निर्देशक रहेको फिल्मको ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मजदुरका समस्याले समेत ट्रेलरमा प्राथमिकता पाएको देखिएको छ ।
फिल्म दार्जिलिङ, सिलगुढी, सिक्किम लगायतका रमणीय स्थानमा छायांकन भएको हो । आकाश र पूजाको अलवा फिल्ममा सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा गायतको भुमिका रहेको छ । अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको फिल्म आदित्य फिल्मस्को प्रस्तुतिमा निर्माण भएको हो ।
यसैगरी, शिब ढकालले छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन रहेको फिल्ममा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङको संगीत छ । कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
