म्यानचेस्टर युनाइटेड छाड्दै, कुन क्लबमा जालान् रोनाल्डो?
एजेन्सी । क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने इच्छा व्यक्त गरेको जनाइएको छ । रोनाल्डोले युनाइटेडलाई राम्रो अफर आए आफूलाई क्लब छाडेर जान दिन आग्रह गरेका थिए ।
यस्तैमा, अर्को प्रिमियर लिग क्लब चेल्सीले उनलाई अनुबन्ध गर्ने तयारी गरेको छ । यद्यपि, युनाइटेडले भने रोनाल्डोको करार २०२३ सम्म रहेको बताउँदै आएको छ ।
तर ३७ वर्षीय खेलाडीले क्लब छाड्ने चाहना स्पष्ट गर्दै सोमबार प्रिसिजन ट्रेनिङमा फर्किएनन् । द एथ्लेटिकका अनुसार चेल्सीका मालिक टोड बोहली र रोनाल्डोका एजेन्ट जोर्ज मेन्डेजबीच रोनाल्डोलाई अनुबन्ध गर्ने विषयमा छलफल जारी छ । रोनाल्डोका प्रशंसक रहेका चेल्सीका म्यानेजर थोमस टुकलको इच्छामा पनि स्टामफोर्ड ब्रिजमा आउने नआउने भर पर्ने बताइएको छ ।
बार्सिलोना पनि रोनाल्डोलाई नियालिरहेको स्पेनिस पत्रिका एएसले दाबी गरेको छ । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले रोनाल्डोलाई भित्र्याउने बारे रोनाल्डोका एजेन्ट मेन्डेजसँग सोमबार बार्सिलोनामा भेटेर छलफल गरेको जनाइएको छ । लापोर्टाले गत सिजन नै रोनाल्डोलाई भित्र्याउने प्रयास गरे पनि क्लबको आर्थिक अवस्थाले मौन रहेका थिए ।
सम्बन्धित समाचार
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
