नेविसंघ त्रिचन्द्र पुनर्निर्माणको माग गर्दै प्रदर्शनमा
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणको माग गर्दै त्रिचन्द्र क्याम्पस अगाडी सडकमा प्रदर्शन गरेको छ ।
उनीहरुले ‘सेभ त्रिचन्द्र’ अभियान अन्तर्गत प्रदर्शन गरेका हुन् । जहाँ ‘प्रधानमनत्री शेरबहादुर देउवा ज्यू तपाईले पढेको कलेज कहिले बन्ने?’, ‘सेभ त्रिचन्द्र, सेभ घण्टाघर, नो इफ बट’, ‘भ्यू टावर बन्ने, त्रिचन्द्र नबन्ने।’ लगायतका नारासहितका प्लेकार्डहरु प्रदर्शन गरिएको छ ।
उक्त अभियान अन्तर्गत क्याम्पस परिसरमा कविता, गीत, गजल वाचनको कार्यक्रम पनि राखिएको छ । गत मंगलबार बिहान त्रिचन्द्र क्याम्पसका जिर्ण भवन र घण्टाघरमा सेभ त्रिचन्द्र लेखिएका ब्यानर पनि टाँगिएको थियो । नेविसंघले अघिल्लो हप्ता क्याम्पस अगाडिको सडकमै पढेर विरोध जनाएको थियो । नेविसंघले शिक्षा मन्त्रालयले पनि हालसम्म पुनर्निर्माणमा चासो नदिएको भन्दै दबावमुलक कार्यक्रम गर्दै आएको छ ।
त्रिचन्द्रको घण्टाघर तर्फको भवनमा २०७२ को भूकम्पले क्षति गरेपछि अति जोखिमको संकेतसहित रातो स्टिकर लगाइएको थियो । भवन पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणल खट्ने भनिए तापनि पुर्निर्माण नगर्दै प्राधिकरणको म्याद सकिएर शिक्षा मन्त्रालयलाई जीम्मा लगाइएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
