Jankari Kendra
२५ श्रावण २०८३, सोमबार
Worldlink

आज परेको हरिशयनी एकादशीको धार्मिक कथा यस्तो छ..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २६
आज परेको हरिशयनी एकादशीको धार्मिक कथा यस्तो छ..

काठमाडौं । असार महिनामा शुक्ल पक्ष एकादशीलाई देवशयनी एकादशी, हरिशयनी एकादशी पद्मनाभ एकादशी पनि भनिन्छ ।

असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई हरिशयनको काल मान्ने गरिएको छ । यी चार महिनालाई संयुक्त नाम चतुर्मास भनिन्छ । यहाँ हुने पर्व, व्रत, उपवास, साधना, आराधना, जप–तपको विशाल स्वरूप एक शब्दमा ‘चतुर्मास्य हो । जसमा चार मासको समयबोध र यस समयमा गरिएका सबै व्रत–पर्वको समग्र बोध हुन्छ ।

हरिशयनी एकादशीको पौराणिक कथा

सत्ययुगमा मान्धाता चक्रवर्ती सम्राट राजा थिए । जसको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्थे । त्यसपछि, एक समय राज्यमा तीन वर्षसम्म लगातार पानी परेन । जसले भयांकर अनिकाल निम्त्यायो । यही अवस्थाको हल खोज्न राजा जंगलतर्फ लागे ।

राजा मान्धाता यही क्रममा अङ्गिरा ऋषिको आश्रममा पुगे । अङ्गिरा ऋषिले राजाको कुरा सुनेर भने, ‘तिमीले आफ्नो राज्यमा गएर देवशयनी एकादशी व्रत राख्नु । यस व्रतको प्रभावले राज्यमा अवश्य पानी पर्नेछ ।’ त्यसपछि, राजा राज्य फर्किए र विधिविधानपूर्वक देवशयनी एकादशीको व्रत बसे । यसको प्रभावले वर्षा भयो र राज्यमा पुनः समृद्धि फर्कियो ।

त्यसैले, पुराणमा असार एकादशीलाई विशेष महत्व दिइने गरिन्छ । धार्मिक मान्यताअनुसार यस दिन भगवान विष्णुको पूजा गरी व्रत बस्दा समस्त मनोकामना पूरा हुन्छ र भगवान प्रशन्न हुन्छन् । यस पूजा विधिमा बिहान उठेर नुहाएर शरीर शुद्ध गरिन्छ । त्यसपछि देवशयनी एकादशी व्रत बस्ने गरिन्छ । पूजास्थलमा भगवान विष्णुको प्रतिमा स्थापनाक साथ पूजाआजा गरी भगवान विष्णुलाई पहेँलो फूल, पहेँलो वस्त्र, पहेँलो चन्दन चढाइन्छ । त्यस्तै, उनको हातमा शंख, चक्र, गदा र पद्मले सुशोभित गरिन्छ ।

Top Changing Nepal

युट्युब सट्स