बालिकालाई फिल्ममा हिरोइन बनाइदिने भनी ३० हजारमा बिक्री
काठमाडौं । भोजपुरी फिल्मका हिरोइन बनाइदिने भन्दै १५ वर्षीय बालिकालाई बिक्री गर्ने दुई जना पक्राउ परेको जनाइएको छ ।
पर्सा प्रहरीले बालिकाले बिक्री भएको ठाउँबाट भागेर आइ दिएको बयानका आधारमा दुई अभियुक्तलाई पक्राउ गरेको छ । भारत बिहार जिल्ला सितामढी, बासपट्टी पचरा बस्ने २२ बर्षीय रोशन तिवारी र साविक रौतहट जिल्ला गौर नगरपालिका वडा नं. २ की ४० वर्षीया चमेली देवी पक्राउ परेका हुन् ।
चमेली हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा बस्दै आएकी थिइन् । पर्साका प्रहरी नायव उपरिक्षक प्रल्हाद कार्कीले उनीहरुलाई वीरगन्जबाट नै पक्राउ गरिएको बताए । अभियुक्तद्वयले बेचेको ठाउँबाट बालीका भागेर आफन्त हुँदै प्रहरी सम्पर्कमा आएकी थिइन् ।
अभियुक्तहरुले भोजपुरी फिल्ममा हिरोइन बनाईदिने भन्दै वीरगन्जकै पीडित बालिकालाई २०७८ साल माघ १२ गते ललाई फकाई लगी एक भारतीयलाई ३० हजारमा बेचेको खुलासा भएको छ । उनलाई किन्ने व्यक्तिले विभिन्न कार्यक्रममा अश्लिल नृत्य गर्न बाध्य बनाई, कसैसँग सम्पर्क गर्न नदिई शारिरीक र मानसिक यातना दिएको पनि बालिकाको प्रहरीमाफ खुलाएकी छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
