सरकारी कर्मचारीलाई मुक्का हानेको आरोपमा ‘सुन मान्छे’ पक्राउ
जानकारी केन्द्र
२०७९, असार, २९
काठमाडौं । ‘सुन मान्छे’का रुपमा चिनिएका ४८ वर्षीय सुवास घिसिङ सरकारी कर्मचारीलाई कुटपिट गरेको आभियोगमा पक्राउ परेका छन् ।
उनी धनकुटाको पाख्रिवास घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ मा बस्दै आएका छन् । सोमबार घिसिङले नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई मुक्का हानेपछि प्रहरी बिट नयाँ बस्तीका प्रहरी टोलीले पक्राउ गरेको थियो ।
ठेकेदार समेत रहेका घिसिङले फोहोर अनुगमनको क्रममा फोहोरको बिषयलाई लिएर विवादमा श्रेष्ठलाई टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएका थिए । हाल घिसिङलाई घटनाबारे थप अनुसन्धान गर्न ज्यान मार्ने उद्योगमा तीन दिन म्याद थप गरिएको जनाइएको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

