सुस्मिता र ललितको प्रेम तरंगले सञ्जाल कंपित, लिए माल्दिभ्समा रोमान्टिक सेल्फी..
एजेन्सी । इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष ललित मोदीले आफूले बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स सुस्मिता सेनसँग डेट गरिरहेको सार्वजनिक गरेका छन् ।
उनले बिहीबार बेलुका गरेको दुई ट्वीटले लामो समयदेखिको गसिपलाई पुष्टि गरेको छ । यस खुलासासँगै भारतीय फिल्म र क्रिकेट वृत्तमा तरंग छाएको छ । उक्त खुलासासँगै सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रियाहरु आएका छन् । कसैले अति गरेको मनसायको नकारात्मक प्र्रतिक्रिया दिए पनि धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । एक जनाको यस्तै पोस्टको प्रतिउत्तर कसैले कमेन्टमा लेखेका छन् ‘यदि मैले सुस्मितालाई डेट गरेको भए म पनि यसरी गरी देखाउँथे’ ।
मोदीले सुस्मितासँगको तस्वीर सेयर गर्दै उनलाई बेटर(हाफ भनेर उल्लेख गर्दै उनीसँग नयाँ सुरुवात भएको पनि लेखेका छन् । मोदीको ट्वीटमा ‘स्पष्टताको लागि स् हामीले बिहे होइन, डेटिङ गरिरहेका छौं । त्यो पनि कुनै दिन हुनेछ’ पनि भनिएको छ । मोदीको यसअघि सन् १९९१ अक्टोबरमा मिनल सग्रानीसँग विवाह भएको थियो । जसतर्फ दुई सन्तान पनि छन् । मिनलको सन् २०१८ मा क्यान्सरबाट निधन भयो ।
अभिनेत्री सुस्मिताले हालै मोदीसँग माल्दिभ्समा बिदा मनाउँदाको रोमान्टिक तस्वीर सेयर गरेकी थिइन् । सुस्मिताले गत महिना मात्रै बिहे गर्ने योजना नरहेको बताएकी थिइन् । उनले ३ पटक बिहे गर्ने योजना बने पनि सफल नभएपछि भगवानले आफूलाई उद्दार गरेको टिप्पणी गरेकी थिइन् ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

