बोलेरोको ठक्करबाट मोटरसाईकलमा एकको मृत्यु
जानकारी केन्द्र
२०७९, श्रावण, २
काठमाडौं । गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको भच्चेक सडक खण्डमा सोमबार बिहान दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले दुर्घटनामा अजिरकोट गाउँपालिका वडा नम्बर २ वलाङ कि २३ वर्षीय मेलिना गुरुङको घटनास्थलमै मृत्यु भएको बताए । दुर्घटनामा मोटरसाईकल चालक ३५ वर्षका मनराज गुरुङ समान्य घाईते भएका छन् । उनको भच्चेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
उनी बहिनीलाई मोटरसाईकलमा लिएर उपचारका लागि चितवन जाँदै थिए । भच्चेकबाट गोरखातर्फ आउँदै गरेको बा ०३ प ४८१५ नम्बरको मोटरसाईकललाई छोप्राकबाट भच्चेक जाँदै गरेको ग १ ज ४८८६ नम्बरको बोलेरो जिपले ठक्कर दिएको हो । डिएसपी लामिछानेले बोलेरो जिप र चालक प्रहरी नियन्त्रणमा रहेको बताए ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

