गंगालालमा अत्यावश्यक सामान नभएपछि मुटुको शल्यक्रिया रोकियो
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हदृयरोग केन्द्रमा अक्सिजेनेटर अभाव भएपछि मुटुका शल्यक्रिया रोकिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालको शल्यक्रिया सेवा बन्द भएपछि भर्ना भएका करिब ४५ जना बिरामी यसै फर्किएका छन् । नेपालमा अन्य अस्पतालमा पनि शल्यक्रिया सेवा बन्द भएको खबर निर्देशक डा. चन्द्रमणि अधिकारीले अनलाइखबरलाई दिएका छन् । उनले भने, नेपाल तथा भारतमा पनि अक्सिजेनेटरको सर्टेज छ ।
मुटुको शल्यक्रियाको क्रममा अक्सिजेनेटर मेसिनले रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ । यस क्रममा उपकरणको सहयोगमा मुटु र फोक्सोको काम कृत्रिम रुपमा सञ्चालन गरिनुपर्छ ।
अस्पतालमा गत असार १९५ वटा मुटुको शल्यक्रिया भएको थियो । बच्चाको लागि प्रयोग हुने अक्सिजेनेटर भने १५० वटा मौज्दात छ । अक्सिजेनेटर ओपन हार्ट सर्जरीमा प्रयोग हुन्छ । बच्चाका लागि प्रयोग गरिने अक्सिजेनेटर भए तापनि युवाका लागि प्रयोग हुने अक्सिजेनेटर नभएपछि सेवा बन्द गर्नुपरेको डा. अधिकारीले बताए ।
चिकित्सकका अनुसार अक्सिजेनेटर उपकरण एक बिरामीमा एक पटक मात्र प्रयोग गरिन्छ । यो उपकरणको मूल्य ५० हजारसम्म पर्छ ।
डा. अधिकारीले भने, ‘हामीले चैतमा नै अर्डर गरिसकेका थियौं । तर, ग्बोल सर्टेजको कारण यो अवस्था आयो । मेरो स्तरबाट ल्याउन सकिन । स्वास्थ्य मन्त्रालय तथा नेपालमा नाम चलेको अन्य डाक्टरले कदम चाल्दा चाडैं ल्याउन सकिन्थो होला नि ! ल्याउन सकिने अवस्था छैन । त्यो कुरा सबैले बुझ्नुपर्यो ।’
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
