प्रचण्ड जापान जाने तय, यस्तो छ कारण..
एजेन्सी । जापानमा साउन २१ हुन लागेको ‘समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी’ नेपालीको सरोकार विषयक अन्तरक्रियात्मक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमुख्य वक्ता हुने भएका छन् । जसका लागि प्रचन्ड जाने भएका हुन् ।
नेपाली जनप्रगतिशील मञ्चका महासचिव बाबुराम पौडेलले अगस्ट ७ तारिखका दिन टोकियोको खामेइदो कल्चर सेन्टरमा बेलुका ५ः३० बजेदेखि कार्यक्रम हुने जनाएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष भवानी पन्तले नेपाल र जापान सरकारबीचको दौत्य सम्बन्धलाई प्रगाढ बनाउन, नेपालमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न र पर्यटन प्रवर्द्धनमा योगदान गर्नका आवश्यक पहल गर्ने उद्देश्यले प्रचण्ड भ्रमणका लागि जाने जानकारी दिए ।
यसैगरी, प्रचण्डले जापानको सरकारी निकायका उच्चस्तरीय नेतृत्वसँग राजनैतिक भेटघाट गरी द्विपक्षीय सम्बन्धका विषयमा छलफल समेत गर्ने जनाइएको छ । उनी चार सदस्यीय भ्रमण दलसहित जापान जाने भएका हुन् । मञ्चका अध्यक्ष पन्तले प्रचण्डले जापानमा विभिन्न ऐतिहासिक महत्वका क्षेत्रको पनि भ्रमण गर्ने जनाए ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
