पशुपतिमा पर्यटनमन्त्री श्रेष्ठद्वारा ‘एक भक्त, एक वृक्षरोपण’ अभियानको सुरुवात
काठमाडौं । पशुपति क्षेत्रमा आज आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका छन् ।
मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गरेका हुन् । उनले पशुपति क्षेत्र विकास कोषलाई रोपिएका बिरुवाहरूको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन निर्देशन समेत दिए । मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
यसैगरी, पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, वेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइने जनाइएको छ । कार्यक्रममा खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलिलाले १ लाख रुद्राक्षको विरुवा उपलब्ध गराउने घोषणा गरेका थिए । साथै, मुख्यसचिव शंकरदास वैरागी, काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह तथा कोषका पदाधिकारीहरूले पनि वृक्षरोपण गरेका थिए । कोषले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षरोपण अभियानलाई समेट्दै अभियान निरन्तर सञ्चालन गर्ने जनाएको छ । साथै, गोडमेल, मलजल र संरक्षणको जिम्मा लिएको छ ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

