हिमालय बैंक र सिभिल बैंक मर्जरमा जाने
काठमाडौं। हिमालय बैंक र सिभिल बैंकबीच एक आपसमा मर्जरमा जाने भएका छन । यो सहमतिसँगै अब सिभिल बैंक हिमालयनसँग विलय हुने भएको छ । स्वाप रेसियो भने १स्८१ हुने छ। यो भनेको हिमालयनको सिभिलको १०० कित्ता शेयर हुनेले हिमालयनसँग मर्जरपछि ८१ कित्ता शेयर पाउने छ छन्। हिमालयनसँग मर्जरमा जान सिभिल बैंक मर्जर कमिटिले करीब तय गरेकोले अब एकदुई दिन भित्रै सहमति हुने सिभिल बैैंक स्रोतले जानकारी दिएको छ ।
बैैंक स्रोतका अनुसार लामो वहस र छलफलपछि सिभिल बैैंक हिमालयनसँग प्रति कित्ता ८१ मा गाभिन तयार भएको हो ।
मर्जरपछिको नयाँ बैैंक भने हिमालयन नै हुने भएको छ । मर्जरपछि बैैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हिमालयन बैंकका अशोक राणा र डेपुटी सीईओ सिभिल बैंकका सुनिल पोखरेल हुने सहमति भएको छ । यस अघि नेपाल इन्भेष्टेमन्ट बैंकसँग मर्जर सम्झौता गरेको हिमालयनले उक्त मर्जर प्रक्रिया भाडिएपछि नयाँ पार्टर खोज्न थालेको हो । कर्मचारी संचयकोषको १४ प्रतिशत लगानी रहेको हिमालयसँगै सिभिलमा पनि कोषकै ८ प्रतिशत शेयर लगानी छ ।
सम्बन्धित समाचार
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

