श्रीमान बलात्कार गर्ने श्रीमती भिडियो खिच्ने
एजेन्सी । भारतमा एक महिलाको बलात्कारमा सम्लग्न दम्पत्ति पक्राउ परेका छन् । मुम्बई पुलिसले बलात्कारमा सम्लग्न जोडी सैयद युसुफ जमाल र उनकी श्रीमती नाज सैयदलाई कोलकाताको न्यू मार्केट क्षेत्रको एक होटलबाट पक्राउ गरेको हो ।
उनीहरुबाट प्रहरीले घटनाको भिडियो समेत बरामद गरेको छ । शहर अदालतमा पेश गरेपछि दम्पतीलाई ट्रान्जिट रिमाण्डमा मुम्बई लगिएको थियो।
युसुफले आफ्नी श्रीमतीको अगाडि बलात्कार गरेको र नाजले सम्पूर्ण प्रक्रियाको भिडियो रेकर्ड गर्ने गरेको आरोप लगाउँदै पीडितले मुम्बईको नागपारा पुलिस स्टेशनमा उजुरी दिएपछि यो घटना बाहिर आएको हो। महिलाले प्रहरीमा उजुरी गरेमा उक्त भिडियो इन्टरनेटमा अपलोड गर्ने धम्की दम्पतीले दिएका थिए । युवतीले आफ्नो उजुरीमा दम्पतीले आफूलाई ब्ल्याकमेल गरी करिब १ करोड ५ लाख रुपैयाँ लिएको पनि बताएकी छन् । उनीहरुले कालो जादू पनि गरेको उजुरीकर्ताले आरोप लगाएका छन् ।
सन् २०१५ मा युसुफले पीडितलाई पार्टीमा भेटेका थिए । त्यसपछि दुवै जना फोनमा कुरा गर्न थाले । केही दिनपछि युसुफले आफ्नी श्रीमतीसँग भेट्ने नाममा पीडित महिलालाई मुम्बईको भाइकला (पूर्व) थाना क्षेत्रको डाक्टर बाबासाहेब अम्बेडकर रोडमा रहेको घरमा बोलाए । त्यसपछि उनलाई मादक पदार्थ मिसाइएको सिरप खुवाइयो, जसका कारण उनी बेहोस भइन् । होश आएपछि युसुफकी श्रीमती नाजले पीडितलाई भिडियो देखाइन् । जसमा युसुफले उनलाई बलात्कार गरिरहेका छन् । त्यसपछि भिडियो अपलोड गर्ने धम्की दिएर ब्ल्याकमेल सुरु भयो । सार्वजनिक लज्जाको डरले ती महिला चुपचाप भइन् । पीडित महिलालाई अभियुक्तले फोन गर्दै जबरजस्ती उनीकहाँ आउन बाध्य पार्ने गरेका थिए । त्यसपछि आरोपीले उनलाई बलात्कार गर्थे र उनकी श्रीमतीले भिडियो बनाउने गर्थिन् ।
प्रहरीका अनुसार दम्पतीले पीडितकी किशोरी छोरीसँग पनि त्यस्तै गर्न चाहेका थिए, त्यसपछि महिलाले मौनता तोडिन् । महिलाले उजुरी दिएपछि दम्पती मुम्बईबाट भागे र कोलकाताको न्यू मार्केट क्षेत्रका दुई होटलमा छुट्टाछुट्टै बस्दै आएका थिए। उनीहरुलाई शनिबार साँझ पक्राउ गरिएको हो । मुम्बई पुलिसले दम्पतीलाई पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
