भक्तपुरमा आज पुलुकिसी जात्रा
भक्तपुर । भक्तपुरमा बुधबार पुलुकिसी ९इन्द्रका बाहन ऐरावत हाती० जात्रा हुँंदै छ । जात्रा साँंझ हुन्छ । बाँंसलगायतबाट हातीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गरी जात्रा मनाइन्छ ।
बाँंसबाट हाती आकार दिई त्यसलाई हातीको आकृति लेखिएको सेतो कपडाले छोपेर बनाइएको पुलुकिसीभित्र मानिस बसेर बोक्न मिल्ने गरी बनाइएकोलाई नगर परिक्रमा गराई जात्रा मनाइन्छ । जात्रा हेर्न पुलुकिसी हिँड्ने सबै सडकहरुतिर हजारौँ नगरवासीहरूको भीड हुने गर्दछ । यो भीड अझ विशेष गरेर चोकचोकमा वढी हुने गर्दछ । टौमढी, दरवार स्क्वायर, दतात्रयलगायतका ठाउँंमा विशेष भीड हुने गर्दछ । ती स्थानहरुमा लगातार नलगी पुलुकिसीलाई ओहोरदोहार गराइने भई हेर्दा आकर्षण देखिने भएकाले ती ठाउँंहरुमा वढी भीड हुने गरेको हो ।
पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जना मानिसले अगाडि(अगाडि बसेर घण्टा बजाइएको हुन्छ । घण्टा बजाउँदै पुलुकिसी आएको संकेत दिँदै नगर परिक्रमा गराइएको हुन्छ । यो क्रममा पुलुकिसीसँंग हिँडेका मानिसले अगाडि छ्वाली बालेर हिँडेको हुन्छ ।
भक्तपुर नगरको लाकुलाछेंबाट सुरु भई नगर परिक्रमा गरेर त्यही पुगेर जात्रा टुंगिने चलन छ । यो बीचमा लाकुलाछेंबाट गाइजात्राको क्रममा नगर परिक्रमा गराउने रुट भई पूरै नगर परिक्रमा गराइन्छ । लाकुलाछेंबाट पोटरी स्क्वायर, नासमना, इटाछे, दरवार स्क्वायरको रुटमा पुलुकिसीको परिक्रमा गराइएको हुन्छ ।
दरवार स्क्वायरबाट पुन बालाखू, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयमा ल्याइएको हुन्छ । त्यहाँंबाट पुनः इनाचो, गोल्मढी हुँदै टौमढी ल्याई लाकुलाछेँमै पुगेर जात्रा सम्पन्न गरिएको हुन्छ ।
पुलुकिसीलाई नगर परिक्रमा गराउने क्रममा पुलुकिसीको सुँडले छुवाउन नहुने जनविश्वास छ । नगर परिक्रमा गराउँंदा सुँंडले छोएमा बिरामी हुने वा मृत्युसम्म हुने जनविश्वासका छ । नगर परिक्रमा गराउने क्रममा सूर्यमढीको तलातुंछी ९इनार० मा पुगेपछि पानी खुवाउने चलन छ ।
इतिहासविद् डा वीरेन्द्रप्रसाद कायस्थका अनुसार स्वर्गका राजा ईन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफ्ना छोरा खोज्न पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा चलाइँदै आएको छ । पारिजात फूल टिप्न पृथ्वीलोक आएका छोरालाई बन्धक बनाएपछि उसलाई खोजेर स्वर्गमा लैजान आफ्नो बाहन ऐरावत हातीलाई पृथ्वीमा घुम्न पठाएको किँम्वदन्ती रहेको उनले सुनाए । पुलुकिसी जात्रासँंगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको हुन्छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
