Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

प्रेमगीत ३ भारतका ५ सय हलमा रिलिज हुँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, ६
प्रेमगीत ३ भारतका ५ सय हलमा रिलिज हुँदै

काठमाडौँ । आउँदो शुक्रबारबाट भारतका ५ सय हलमा एकसाथ रिलिज हुने भएको छ। शो पाएको अधिकांश भारतीय हलहरुले बुकिङ खुलाइसकेको बलिउड हंगामाले जनाएको छ। यो फिल्म शुक्रबार भारतीय दर्शकले ७५ रुपैयाँ भारुमा हेर्न पाउने भएका छन्।

भारतीय हलमा यो मूल्य शुक्रबार परेको ‘राष्ट्रिय फिल्म दिवस’को अवसर पारेर तोकिएको हो। फिल्मले भारतमा शुक्रबार १ करोड माथिको व्यापार गर्ने निर्माताले जनाएका छन्। निर्माता सुभाष कालेले भारतीय बक्स अफिसमा यो फिल्मले उत्साहजनक व्यापार गर्ने अपेक्षा गरेको बताएका छन्। सन्तोष सेनले स्वर्गीय छेतन गुरुङसँग निर्देशनमा सहकार्य गरेको यो फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुँदैछ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, प्रेम पुरी लगायतका कलाकारले अभिनय गरेका छन्।

Top Changing Nepal

युट्युब सट्स