देउवाले समानुपातिक उम्मेदवारको सूची नसच्याए विद्रोह गर्ने शेखर समूहको चेतावनी
काठमाडौँ । पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौँमा खबरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले सो निर्णय नच्याएपछि पार्टीभित्र विद्रोह गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
सभामा बोल्दै नेता गुरु घिमिरेले पार्टीमा सबैलाई न्याय हुने गरी आगामी निर्वाचनको टिकट वितरण नभए आफूहरु विद्रोह गर्न बाध्य हुने चेतावनी दिए। उनले समानुपातिकतर्फको टिकट वितरणको सूची तत्काल सच्याउन पनि पार्टीका सभापति शेरबहादुर देउवालाई दबाब दिए ।
नेता घिमिरेले आफ्नो समूहका पदाधिकारीहरुलाई संस्थापन पक्षले अन्याय गर्दा पनि टुलुटुलु हेरर बस्ने काम नगर्नसचेत गराए । उनले भने, ‘म हाम्रै समूहका पदाधिकारीहरुलाई दह्रो खुट्टा टेकेर न्यायको पक्षमा बोल्न आग्रह गर्दछु। नभए तपाईंहरुलाई पनि राम्रो हुने छैन। पार्टीमा सबैलाई न्याय हुने गरी सभापतिजीले टिकट वितरणमा गरेका निर्णय सच्याउनुभएन भने पार्टीभित्र विद्रोह हुन्छ ।’
अर्का नेता भुपेन्द्रजंग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय नभए विद्रोह गरेर अघि बढ्ने चेतावनी दिए। उनले पार्टीले टिकट नदिए पनि आफू कालिकोटमा प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणासमेत गरे । नेता शाहीले भने, ‘निर्वाचनमा टिकट पाइनँ भने पनि कालिकोटमा निर्वाचन लड्छु तर, नेताको दास भएर बसिँदैन। टिकटमा न्याय नभए विद्रोह हुन्छ।’
नेता बद्रीनरसिंह केसीले समानुपातिकतर्फको निर्वाचनको सूची पार्टी सभापति शेरबहादुर देउवाले आगामी असोज १६ गतेसम्म नसच्याए आफूहरु विदोह गरेर अघि बढ्न बाध्य हुने बताए। सभापति देउवाले निर्वाचनको टिकट वितरणमा एकलौटी निर्णय लिने कामलाई अघि बढाएको भन्दै उनले आपत्ति जनाए। नेता केसीले भने, ‘हामीलाई न्याय हुनुपर्यो। सभापति शेरबहादुर देउवा एउटा गुटको मात्रै नेता भएको देखियो। समानुपातिकतर्फको टिकट दिने काममा एकलौटी गरियो। १६ गतेसम्म त्यो नसच्चिए त्यसको विकल्पमा हामी अगाडि बढछौँ।’
नेता केसीले देउवा पार्टीको सभापति भए पनि भित्र एकपक्षीय ढंगले अघि बढेकाले त्यसको विरोध गर्नुपरेको बताए।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

