• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
आइतबार, माघ २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

  • ९. इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

  • १०. २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

काठमाडौँ । डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउछन् । उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउछन् ।

वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ । दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवासमेत पुगेको छ । पत्रकार तथा अन्य उपल्लो डोल्पा आउन चाहने व्यक्तिले दोर्जेलाई त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्रका विषयमा जानकारी फोन, इन्टरनेटमार्फत लिने गर्दछन् । धो आफैँमा सुन्दर फाँट छ ।

उपल्लो डोल्पाको चर्चित ठाउँसमेत हो । अहिले धो मा पहेलपुर हुँदै उवा बाली पोकेको छ । कृषक वर्षमा एकपटक मात्र उत्पादन हुने उवा बाली भित्र्याउनका लागि उपयुक्त समयको खोजीमा छन् । उवा उपल्लो डोल्पाको मुख्यबालीरुपमा लिइन्छ । हिउँद याममा हिउँले ढपक्कै ढाक्ने उपल्लो डोल्पामा गर्मी तथा वर्षायाममा मात्र खेती, किसानीको काम गरिन्छ ।

वैशाखमा लगाएको उवा बाली असोज महिनामा उपयुक्त साइत हेरेर भित्र्याउने गरिन्छ । उपल्लो डोल्पाका स्थानीयवासी अबको हप्ता दिनमा उपयुक्त समय हेरेर उवा भित्र्याउने योजनामा रहेको दोर्जेले बताए । धो, छार्कामोट, सिमेन, फोक्सुण्डो, कु गाउँलगायतका २३ वटा गाउँमा उवाको खेती गरिन्छ । वर्षायामको झरीसँगै उपल्लो डोल्पाको फोक्सुण्डो ताल, पौराणिक गुम्बा, हिमालयको मनमोहक दृश्य हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट उपल्लो डोल्पाका सर्वसाधारण जाने गर्दछन् ।

उपल्लो डोल्पालाई चिनाउनका लागि बर्सेनि विभिन्न नाम दिएर मेला तथा महोत्सवसमेत हुँदै आएका छन् । मध्य तथा उपल्लो डोल्पाको भाग समेटेर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसमेत रहेको छ । शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्र डोल्पा र मुगु जिल्लामा समेत फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत दुई सय प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।

काञ्जिरोवा दक्षिण हिमाल ९६,८६६ मिटर०, सिकाल्पो खाङ ९६,५५६ मिटर०, वेज चुचुरो ९७,१३९ मिटर० जस्ता हिमशिखर र कतिपय हिमनदीले उपल्लो डोल्पालाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको छ । उपल्लो डोल्पाको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ ।

एघारौँ शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।

जैविक विविधताको धनी उपल्लो डोल्पामा राज्यले हिमाली सहरको नीति ल्याएर काम सुरु गरेको छ । पशुपालनका लागिसमेत जोड दिँदै सरकारले अनुदानको व्यवस्थालाई व्यापक बढाएको छ । वर्षको आधा समय हिउँले ढाक्ने यहाँ आधा समयमा मात्र खेतीबाली गरिँदै आएको छ । चिसो मौसममा हिमपात हुने भएकाले खेतीबाली १२ महिना नहुने गरेको शे–फोक्सुण्डोकी प्रेमा गुरुङले बताइन् ।

उवा बाली भित्र्याएपछि उपल्लो डोल्पाका सर्वसाधारण चिसो छल्न बेंसी झर्ने गर्दछ । केही सर्वसाधारण उपल्लो डोल्पामा आयतित र आफैँले उत्पादन गरेको उवाबाट बनेका परिकार खाएर जीवन चलाउने गरेको गुरुङले बताए । उपल्लो डोल्पाको मौसम कुन समय के हुन्छ भन्ने थाहा नहुने गर्दछ । पानीभन्दा पनि हिउँ मात्र पर्ने भएकाले मौसमबारे धारणा बनाउन मुस्किल हुने गर्दछ ।

उपल्लो डोल्पामा छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डो गाउँपालिका पर्दछन् । भूगोलको हिसाबले ठूलो रहेको डोल्पा चीनको सिमानासँग जोडिएको क्षेत्र हो । मुस्ताङबाटसमेत उपल्लो डोल्पामा सडक जोड्ने प्रयास जारी रहेको छ ।

गण्डकी प्रदेशको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला सडक सञ्जालमा जोड्का लागि काम निरन्तर जारी रहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडक निर्माण जारी राखेको हो ।

बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्याक खुलेसँगै साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण कार्य जारी रहेको छ । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । यो कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ । समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ ।

मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने पूवमन्त्री सत्य पहाडीको बुझाइ छ । अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौँ आवतजावत गर्न यो सडक छोटो हुने अपेक्षा गरिएको छ । कृषिउपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्नेसमेत विश्वास छ ।

भेरी करिडोरअन्तर्गत अर्को नेपाल र भारतको सिमाना जमुनाह सुर्खेत, जाजरकोट हुँदै डोल्पा र तिब्बत जोड्ने त्रिदेशी सडकको निर्माण कार्य जारी रहेको छ । यही सडकको जाजरकोटदेखि डोल्पासम्मको सडकमा स्तरोन्नति कालोपत्रको काम निरन्तर जारी रहेको छ । यो पर्यटकीय रुटका रुपमा स्थापित हुँदै आएको छ । यो सडक निर्माणसँगै मध्य डोल्पामा निर्माण कार्य जारी रहेका दुई ठूलो जलविद्युत् आयोजनालाई समेत सहयोग पुग्नेछ ।

यातायात जोडिएसँगै डोल्पामा उत्पादन हुने जडीबुटी निर्यातमा सहयोग पुग्नेछ । डोल्पामा पाइने उच्च कोटीको स्याउलेसमेत बजार पाउनेछ । आर्थिकरुपमा सक्षम बनाउनका लागि यहाँको स्याउ आम्दानीको स्रोत हो । यार्सागुम्वासहित अन्य मुल्यवान जडीवुटी डोल्पाका आम्दानीका आधार हुन् । डोल्पाको पूर्वमा मुस्ताङ, चीनको तिब्बत, पश्चिममा जुम्ला र मुगु पर्दछन् । उत्तरमा चीनको तिब्बत, दक्षिणमा जाजरकोट र रुकुम पश्चिम पर्दछन् । डोल्पामा स्थलमार्ग हुँदै घुम्न जानेको सङ्ख्या दुई हजार भन्दाबढी रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले बताएको छ । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
नेप्सेमा १०.२५ अंकको गिरावट
नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • नेप्सेमा १०.२५ अंकको गिरावट
  • नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार
  • वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.