‘प्रेमगीत ३’लाई दुई दिनमा नेपालमा सवा ४ करोड, विश्वभरबाट १४ करोड
काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ ग्रस कमाएको हो । भारतमा फिल्मको हिन्दी संस्करणले दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको छ ।
ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमायो । ओभरसिजमा दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमायो । दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । शुक्रबार ४।८४ करोड भारु र शनिबार ३।९५ करोड कमाइ गरेको हो ।
नेपालमा सोमबारदेखि हिन्दी संस्करण पनि रिलिज हुने भए पनि कमाइमा वृद्धि हुने देखिएको छ । आइतबार भारतमा फिल्मको अकुपेन्सीमा वृद्धि भएको जनाइएको छ ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

