निर्वाचन आचारसंहिता आज मध्यरातिबाट लागू हुने, के – के छ आचारसंहितामारु
काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ बुधवार मध्यरातिबाट लागू हुने भएको छ। आयोगको मंगलवार बसेको बैठकले बुधवारदेखि कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
‘निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय भएको छ। आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा आयोगले गरेको छ,’ उनले भने।
यसअघि आयोगले दलहरुसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो। असोज ९ गते प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न १२ राजनीतिक दलका नेताहरुले आचारसंहितामा लिखित प्रतिवद्धता जनाएपछि आयोगले भोलिदेखि लागू नै गर्ने निर्णय गरेको हो।
आयोगसँगको छलफलमा राजनीतिक दलका नेताहरुले आचारसंहिताका विभिन्न व्यवस्थामाथि आपत्ति जनाएका थिए। आयोगले भने आचारसंहिता जारी नै भइसकेकाले संशोधन सम्भव नभए पनि व्यवहारिक हिसाबले कार्यान्वयन गर्न सकिने बताएको थियो।
दलहरुको विरोध के(के मारु
मन्त्रीले आफू उम्मेदवार भएको बाहेक निर्वाचन क्षेत्रमा प्रचार गर्न नपाउने भन्ने व्यवस्था व्यवहारिक नभएको भन्दै पार्टीका शीर्ष नेताले विरोध गरेका हुन्। आचारसंहिताको बुँदा ५ ९क० मा भनिएको छ, ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने।’
उक्त व्यवस्था राजनीतिक अधिकार विपरीत भएको दलहरूको ठहर छ। नेकपा ९माओवादी केन्द्र०का नेता लीलामणि पोखरेलले मन्त्रीले प्रचार गर्न नपाउनु व्यवहारिक नहुने तर्क गरेका थिए।
‘मन्त्रीहरू दलका प्रमुख पनि हुन सक्छन् उनीहरूलाई आफ्नो बाहेक अरू क्षेत्रमा जान नपाउने भन्ने अहिले पनि कायम रह्यो, हामीले सुझाव के दिएका थियौँ भने सरकारी सुविधाको प्रयोग गर्न पाइँदैन तर मिनिस्टरलाई प्रचारमा जान नदिनु राजनीतिक अधिकार विपरीतको कुरा हो भन्यौँ,’ पोखरेलले भनेका थिए।
यस्तै, दलहरुले उम्मेदवारी मनोनयनमा २५ जना भन्दा बढी सहभागी गराउन नपाउने आचारसंहितामा व्यवस्था छ । त्यसमा पनि दलहरुले आपत्ति जनाएका छन् ।
त्यस्तै, चुनाव प्रचार प्रसारका क्रममा मञ्च बनाएको खर्च विवरण एक हप्ताभित्र बुझउनुपर्ने व्यवस्था पनि व्यवहारिक नभएको भन्दै दलहरुले विरोध गरिरहेका छन् ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

