• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

निर्वाचन आचारसंहिता लागु भएको अवस्थामा पत्रकार र मिडियाले के कुरामा ध्यान पुर्याउनुपर्दछ ?

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०७९ लागु गरिसकेको छ । आचारसंहितमा पत्रकार, सञ्चार प्रतिष्ठान र सम्बद्ध कर्मचारीले के गर्नु हुन्छ, के हुँदैन स्पष्ट लेखिएको छ । आचारसंहितमा उल्लेख भए अनुसार पत्रकार र मिडियाले पनि समाचार प्रकाशन गर्दा ध्यान पुर्याउनुपर्ने देखिन्छ ।

‘कुनै राजनीतिक दल, उम्मेदवार वा सम्बन्धित व्यक्तिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने,’ निर्वाचन आचारसंहितमा भनिएको छ, ‘कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने ।’

आचारसंहितामा पत्रकारले जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध र सद्भावना खलल पार्ने, राजनीतिक आस्था वा विचार, राष्ट्रियता तथा सामाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभवा हुने गरी समाचार प्रकाशन र प्रसारण गर्न नहुने जनाइएको छ ।

राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने पनि आचारसंहितामा उल्लेख छ ।

‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्दा सो विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने, तर मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म त्यस्तो विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न पाइने छैन,’ आचारसंहितमा भनिएको छ ।

निर्वाचन आचारसंहिता लागू भएको बेला कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्वीटर, भाइवर, युट्युब, इन्स्टाग्राम, अनलाइन छापा जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न समेत पाइने छैन ।

राजनीतिक दल वा उम्मेदवार वा उम्मेदवारको एकाघरका परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पुर्याउने तथा गलत र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्न पनि पाइने छैन ।

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तर जस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।

‘निर्वाचनको बारेमा नकारात्मक सन्देश प्रवाह गर्ने लेख, तस्बिर वा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने,’ आचारसंहितामा लेखिएको छ, ‘नेपालको निर्वाचन, राजनीतिक दल र उम्मेदवारलाई नकारात्मक असर पुग्ने गरी विदेशी सञ्चार माध्यमबाट प्रकाशित वा प्रसारित सामाग्री पुनः प्रकाशन वा प्रसारण गर्न नहुने ।’

कसैले निर्वाचनलाई प्रभाव पर्ने उदेश्यले होच्याउने, दुष्प्रचार गर्ने, अपमान गर्ने, मिथ्या सूचना, द्वेषपूर्ण भाषण गर्नेजस्ता भ्रामक टिका टिप्पणी इन्टरनेट वा टेलिभिजनमा सम्प्रेषण गर्न नहुने र त्यस्तो टिकाटिप्पणी सम्प्रेषण भएमा इन्टरनेट सेवा प्रदायक वा केबल टेलिभिजन वितरकले त्यस्ता सूचना वा अभिव्यक्तिलाई हटाउनु पर्ने आचारसंहितामा स्पष्ट शब्दमा लेखिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.