प्रतिनिधि र प्रदेश सभा निर्वाचन : उम्मेदवारी दर्ता भोलि
जानकारी केन्द्र
२०७९, आश्विन, २२
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि भोलि (आइतबार) प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता गर्ने भएको छ। उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि सॅाझ ५ बजेसम्म समय निर्धारण गरिएको आयोगले जनाएको छ। उम्मेदवारी दर्ता गराउँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। यसैगरी मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्नेछ।
दलको उम्मेदवारको हकमा दफा १८ बमोजिमको औपचारिक पत्र – प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ७ बमोजिम) र धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर हुनुपर्ने आयोगले जनाएको छ। सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्दैछ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


