देउवाले सुजाताको गुन तिरे
जानकारी केन्द्र
२०७९, आश्विन, २३
काठमाडौं । नेपाली काँग्रेसभित्र टिकट बाँडफाँटमा निकै रस्साकस्सी परेको क्षेत्र हो मोरङ २ । उक्त क्षेत्र विगतमा गिरिजाप्रसाद कोइरालाको चुनावी क्षेत्र मानिन्थ्यो । अघिल्लो चुनावमा डा। मीनेन्द्र रिजाल विजयी भएका थिए ।
सुजाता कोइरालाले दाबी गरेको मोरङ २ मा विगतमा रिजालले बाजी मारे । यसपटक भने रिजाल रोक्किए । सुजाताले टिकट पाइन् ।
काँग्रेसको १४औं महाधिवेशनमा सुजाता प्रकाशमान सिंहको समूहबाट उपसभापतिको उम्मेदवार बनेकी थिइन् । पछि सुजाताकै पहलमा सिंहले देउवालाई समर्थन गरे । परिवारका सदस्य डा। शेखर कोइरालाको विरोधी खेमामा उभिएकी सुजातालाई देउवाले यसपटक गुन तिरे । उनले मीनेन्द्रलाई रोकेर सुजातालाई टिकट दिने निर्णय लिए ।
मीनेन्द्र महामन्त्रीमा पराजित भएका थिए । कुनै समूहमा नलागी उपसभापतिमा प्रतिष्पर्धा गरेका महेश आचार्यले पनि टिकट पाएनन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


