निर्वाचनमा तीन लाख सुरक्षाकर्मी परिचालन, यस्तो छ तयारी
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मनोनयन दर्तासँगै चारवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गरिएको जानकारी दिए। उनले आगामी निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीसहित झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन हुने जानकारी दिए। निर्वाचन प्रक्रिया सुरु भएसँगै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको सुरक्षाका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।
मन्त्रालयले निर्वाचन सुरक्षा बलियो बनाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी शान्तिसुरक्षा प्रभावकारी बनाउन निर्देशन दिएको छ। मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई जारी गरेको परिपत्रमा निर्वाचनमा सहभागी राजनीतिक दलबीच चुनावी अभियानका क्रममा झडप हुन सक्ने भएकाले उच्च सावधान अपनाउन निर्देशन दिएको छ। साथै निर्वाचनमा प्रतिस्पर्धा गरेका राजनीतिक दलको चुनावी अभियान र चुनावी सभा एकै स्थानमा नपर्ने गरी व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ।
गृह मन्त्रालयले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन तथा नागरिकको आवतजावतलाई सहजीकरण हुने गरी सुरक्षा तथा सवारीसाधनको व्यवस्थापन मिलाउन परिपत्रमार्फत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।
निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित सम्पन्न गरी सबै मतदाताको सक्रिय सहभागिता रहने अपेक्षा मन्त्रालयले गरेको छ। निर्वाचन अवधिमा मतदाता वा उम्मेदवारले असुरक्षाको महसुस गरेमा तत्काल सुरक्षा व्यवस्था मिलाउने गरी पूर्वतयारी अवस्थामा रहने गरी संयुक्त सुरक्षा निकायलाई परिचालन गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ। गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
