बलिउड अभिनेत्री राखीलाई अस्वीकार गर्दाको पीडा
एजेन्सी । बलिउड अभिनेत्री राखी सावन्त र उनका प्रेमी आदिल खानले ७ महिनाअघि विवाह गरेका थिए। यसको जानकारी राखी आफैंले सामाजिक सञ्जालमार्फत दिएकी थिइन्। तर उनका प्रेमी आदिल यो विवाहलाई लिएर केही बोलेका थिएनन्।
आदिलले यो बिवाहलाई अस्वीकार गरेको बलिउडमा चर्चा सुरु भएको थियो। यो चर्चाकाबीच आदिलले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेका छन्। उनले हालैको एक अन्तर्वार्तामा आफ्नो परिवारले राखीलाई अस्वीकार गरेको बताएका छन्।
आदिमले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, ‘म र राखीले विवाह गरिसकेका छौँ। तर मेरो परिवारले राखीलाई बुहारीका रुपमा स्वीकार गरेका छैनन्। म परिवारलाई मनाउँने कोसिसमा छु।’
उनले विवाहपछि आफूहरु निकै खुसी रहेको समेत बताएका छन्। राखीले ७ महिनाअघि मात्रै विवाह गरेको दाबी गरेकी थिइन्। आदिल र राखीले मुस्लिम परम्पराअनुसार विवाह गरेका थिए। राखीले विवाहपछि आफ्नो धर्म र नाम परिवर्तन गरेकी छन्। राखीको परिवर्तन नाम ‘फातिमा’ राखिएको छ।
आफ्नो एक अन्तर्वार्तामा आदिलले भनेका छन्, ‘हामी सँगै बाँचिरहेका छौं र खुसी छौं।’
परिवारले दुवैको यो बिहेलाई स्वीकार्न नचाहेको र यसै कारणले बिहेको कुरा अस्वीकार गरेको उनको भनाइ छ।
राखी र आदिलको बिवाहको प्रमाणपत्र लिएको फोटो अनलाइन लिक भएको केही घण्टापछि राखीले आफ्नो इन्स्टाग्राममा विवाहको पुष्टि गर्दै फोटो पोस्ट गरेकी थिइन्। उनले आफ्ना पति आदिलका लागि ‘अन्तमा त्यो दिन आयो। म धेरै खुसी छु कि मैले विवाह गरें र तिम्रा लागि मेरो माया सधैं बिनासर्त रहनेछ’ भनेर लेखेकी थिइन्।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

