अभिनेत्री रविना टण्डनकी छोरी फिल्ममा डेब्यु गर्दै
एजेन्सी । भारतीय अभिनेत्री रविना टण्डनकी छोरी राशा थडानी चाँडै नै बलिउडमा डेब्यु गर्ने भएकी छन् । १७ वर्षीया राशा निर्देशक अभिषेक कपूरको आगामी एक्सन फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् ।
उनीसँगै अजय देवगनका भतिजा अमन देवगन पनि यो फिल्ममार्फत बलिउडमा प्रवेश गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार अभिषेक कपुरले यो प्रोजेक्टमा काम सुरु गरिसकेका छन् ।
यद्यपि फिल्मको नाम भने फाइनल भइसकेको छैन । यो फिल्ममा अजय देवगनको पनि महत्त्वपूर्ण भूमिका रहने बताइएको छ । फिल्मको कथासँग सम्बन्धित कुनै पनि जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन । यो फिल्मको छायाङ्कन यसै वर्ष सुरु हुनेछ ।
अभिषेकले अहिलेसम्म सुशान्त सिंह राजपूत, फरहान अख्तर, राजकुमार राव, सारा अलि खान जस्ता धेरै सेलेब्सलाई लञ्च गरिसकेका छन् । यस्तो अवस्थामा राशा र अमनको सुरुवात निकै बलियो हुने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
