कियारादेखि आलियासम्म, सेलिब्रेटीहरू किन दिनमा गर्छन् विवाह ?
एजेन्सी । बलिउडमा कहिले कस्तो चलन आउँछ भन्न गाह्रो छ । आजकल बलिउडमा एउटा कुरा निकै चर्चामा छ र त्यो हो विवाहको शुभ मुहूर्त । हिन्दू रीतिरिवाज अनुसार विवाहको लागि सबैभन्दा उपयुक्त समय बिहान वा राति हो ।
प्रचलनका अनुसार, विवाह प्रायः बिहान वा राति हुने गर्दछ । तर अहिले बलिउडमा नयाँ चलन सुरु भएको छ । सेलिब्रेटीहरू अब रात दिन छोडेर साँझ अर्थात् अस्ताउने सूर्यको उज्यालोमा विवाह गर्छन् ।
अस्ताउँदो सूर्यको उज्यालोमा विवाह गर्ने पछाडि न त धेरै परम्परा छन् न कुनै विशेष चलन । यसको पछाडि क्यामेराको ‘क्लिक’ मात्र हुन्छ । यो के हो भनी सोचिरहनु भएको होला । हामी तपाईलाई बताउछौं कि साँझ त्यो समय हो जसमा खिचिएका तस्विरहरू धेरै सुन्दर र शानदार देखिन्छन् ।
अस्ताउँदो घामको सुस्त प्रकाश अनुहारमा पर्दा अनुहारमा चमक देखिने गर्छ । बलिउड स्टारहरु यो प्रकाशको लागि पागल भएका छन् र अहिले अधिकांश विवाह साँझमा भइरहेका छन् । बलिउड जोडीका केही तस्बिरहरूमा तपाईंले यसलाई राम्रोसँग देख्न सक्नुहुन्छ ।
दिपिका पादुकोण र रणवीर सिंहको विवाहको औपचारिक कार्यक्रम दिउँसो २ बजेदेखि सुरु भएको थियो । ४–५ बजेको बीचमा दम्पतीको विवाह भएको थियो । आलिया भट्ट र रणवीर कपुरले पनि १४ अप्रिल २०२२ मा दिनको ४ देखि ५ बजेको बीचमा विवाह गरेका थिए ।
दिया मिर्जाले पनि १५ फेब्रुअरी २०२२ मा व्यापारी वैभव रेखीसँग विवाह गरिन् । दम्पतीको विवाह पनि ५–६ बजेको बीचमा भएको थियो । कैटरीना कैफ(विक्की कौशलले ९ डिसेम्बर २०२१ मा दिउँसो ३स्३० देखि ३स्४५ बजेसम्म सात फेरा लिएर विवाह गरेका थिए ।
रमाइलो कुरा के छ भने कियारा(सिद्धार्थले अस्ताउँदो सूर्यको बीचमा जैसलमेरको सूर्यगढ प्यालेसमा सात फेरे गरेर विवाह गरेका थिए । फ्यानहरू यो जोडीको विवाहको तस्बिरको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
