अभिनेत्री स्वरा भास्करले गरिन् गुपचुप विवाह, को हुन् उनका दुलाहा ?
एजेन्सी । आफ्नो राजनीतिक विचारका कारण चर्चामा रहने बलिउड अभिनेत्री स्वरा भास्करले अचानक विवाह गरेकी छिन् । उनले समाजवादी पार्टीका नेता तथा मुम्बई टाटा इन्स्टिच्युट अफ सोशल साइन्सका पूर्व महासचिव फहाद अहमदलाई आफ्नो पार्टनरका रूपमा रोजेकी हुन् ।
उनको विवाहको खबरले फ्यानलाई सीधै ठूलो सरप्राइज दिएको छ । अभिनेत्रीले फहाद अहमदसँग कोर्ट म्यारिज गरेकी हुन् । स्वरा भास्करले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेकी छिन्, जसमा उनको हातमा मेहन्दी देखिएको छ ।
स्वराले लामो समयदेखि आफ्नो पर्सनल लाइफलाई सबैबाट लुकाएर राखेकी थिइन् । तर, केही समयअघि तस्बिर सेयर गर्दै उनले प्रेम पाएको संकेत गरेपनि प्रेमीको अनुहार भने देखाएकी थिइनन् ।
तर आज अचानक उनले आफ्ना फ्यानहरुसँग एउटा तस्विर शेयर गरेकी छिन् जसमा उनी श्रीमानसँग हात मिलाएर हिँडिरहेको देखिन्छ । स्वराले ट्वीटरमा सेयर गरेको यो भिडियोमा दुबैको कोर्ट मैरिज भएको देखिएको छ । दस्तावेजका अनुसार दुवैले ६ जनवरी २०२३ मा मुम्बईमा विवाह गरेका थिए ।
तस्विरमा जहाँ फहादले सेतो कुर्ता पजामाको साथ रातो ज्याकेट लगाएका छन् भने स्वराले रातो साडी लगाएकी छिन् । स्वराले यो साडीमा आफ्नो लुकलाई निकै सिम्पल राखेकी छिन् । यससँगै तस्विरमा दुवैको घाँटीमा माला देख्न सकिन्छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
