अभिनेत्री स्वरा भास्करले गरिन् गुपचुप विवाह, को हुन् उनका दुलाहा ?
एजेन्सी । आफ्नो राजनीतिक विचारका कारण चर्चामा रहने बलिउड अभिनेत्री स्वरा भास्करले अचानक विवाह गरेकी छिन् । उनले समाजवादी पार्टीका नेता तथा मुम्बई टाटा इन्स्टिच्युट अफ सोशल साइन्सका पूर्व महासचिव फहाद अहमदलाई आफ्नो पार्टनरका रूपमा रोजेकी हुन् ।
उनको विवाहको खबरले फ्यानलाई सीधै ठूलो सरप्राइज दिएको छ । अभिनेत्रीले फहाद अहमदसँग कोर्ट म्यारिज गरेकी हुन् । स्वरा भास्करले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेकी छिन्, जसमा उनको हातमा मेहन्दी देखिएको छ ।
स्वराले लामो समयदेखि आफ्नो पर्सनल लाइफलाई सबैबाट लुकाएर राखेकी थिइन् । तर, केही समयअघि तस्बिर सेयर गर्दै उनले प्रेम पाएको संकेत गरेपनि प्रेमीको अनुहार भने देखाएकी थिइनन् ।
तर आज अचानक उनले आफ्ना फ्यानहरुसँग एउटा तस्विर शेयर गरेकी छिन् जसमा उनी श्रीमानसँग हात मिलाएर हिँडिरहेको देखिन्छ । स्वराले ट्वीटरमा सेयर गरेको यो भिडियोमा दुबैको कोर्ट मैरिज भएको देखिएको छ । दस्तावेजका अनुसार दुवैले ६ जनवरी २०२३ मा मुम्बईमा विवाह गरेका थिए ।
तस्विरमा जहाँ फहादले सेतो कुर्ता पजामाको साथ रातो ज्याकेट लगाएका छन् भने स्वराले रातो साडी लगाएकी छिन् । स्वराले यो साडीमा आफ्नो लुकलाई निकै सिम्पल राखेकी छिन् । यससँगै तस्विरमा दुवैको घाँटीमा माला देख्न सकिन्छ ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

