Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

४७ वर्षका राजेश पायलको २१ वर्षीया युवतीसँग विवाह दर्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २५
४७ वर्षका राजेश पायलको २१ वर्षीया युवतीसँग विवाह दर्ता

काठमाडौं । विवाह नै गुपचुपमा राखेका गायक राजेशपायल राईले विवाहदर्ता गरेको खुलेको छ । उनले खोटाङकै एक युवतीसँग विवाह दर्ता गरेको प्रमाणपत्र सार्वजनिक भएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रमाणपत्र अनुसार उनले खोटाङको जन्तेढुंगा ३ की साङ्गबुङ्ग राईसँग विवाह गरेका हुन् । राजेश पायलको पुर्खौली घर खोटाङको दिक्तेल नगरपालिकाको बुईपा हो ।

हाल उनीहरु काठमाडौं महानगरपालिका ३१ मा बस्दै आएका छन् । उनले काठमाडौंमै विवाहदर्ता गरेका हुन् । राजेशपायल राईले आफूभन्दा आधाबढी कान्छी युवतीसँग विवाह गरेका हुन् ।

राजेशपायल ४७ वर्षका भए । तर उनले २१ वर्षीया साङ्गबुङ्गसँग विवाह गरेका हुन् । उनीहरुका एक छोरा समेत छन् । त्यति हुँदा पनि विवाह बारे सार्वजनिक रुपमा नखुलेका राजेशपायलले गत मंसिर २६ गते विवाह गरेको खुलेको छ ।

Top Changing Nepal

युट्युब सट्स