छड्के फिल्म असफल भएपछि शोभित बस्नेतले भने- ‘फ्लपको पनि सीमा हुन्छ नि !
काठमाडौं । निर्देशक शोभित बस्नेतले नायक अनमोल केसी अभिनित चलचित्र ‘छड्के’बारे कटाक्ष गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बस्नेतले ‘छड्के’ बोल्न लायकको सम्म नभएको अभिव्यक्ति दिएका हुन् ।
‘तिम्रो मेरो साथ’ फ्लप भएपनि यतिसम्म फ्लप भयो भन्ने लेख्न लायक थियो । तर ‘छड्के’ त्यो लायक पनि नभएर मैले नलेखेको हो । फ्लप हुनुको पनि एउटा सीमा हुन्छ नि १ सीमाभन्दा तल फ्लप भएको चलचित्रलाई मैले के भन्ने ?’, उनले भनेका छन् ।
‘छड्के २।०’ फ्लप भएपछि आफ्नो ट्रोलहरु बनेको उनले बताए । ‘साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ आउँदा बोलेका शोभित ‘छड्के’ फ्लप हुँदा किन मौन भन्ने प्रश्नहरु धेरै आए । म ट्रोलर्सहरुलाई के भन्न चाहन्छु भने साम्राज्ञीको चलचित्र आउँदा म बोलेको हो । त्यो म मान्छु । ‘छड्के’ आउँदा म बोलिनँ । किनकि त्यो चलचित्र बोल्न लायकको पनि थिएन’, उनले भने ।
उनले ‘छड्के’ बारे थप जोड्दै भने, ‘लेख्दा पनि कमसेकम यति मान्छे आए वा शो क्यान्सिल भयो भनेर लेख्नुपर्यो नि १ ‘तिम्रो मेरो साथ’मा ६ जना आएका थिए । ‘छड्के २।०’ मा एक जना पनि नआउँदा कसरी लेख्ने रु’
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

