कुञ्जना भन्छिन्- ‘अब सुन्ने र सहने शक्ति छैन, कि मलाई सफाई देउ कि सजाय !
काठमाडौं । कुञ्जना घिमिरे ‘सुन्तली’ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू आउने गरेको बताएकी छिन् । उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन् । कुञ्जनाले सामाजिक संजाल मार्फत दुखेसो पोखेकी हुन् ।
कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’
उनले भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’ उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छन् । उनी लेख्छिन्, ‘धुर्मुस जीले केही समय धैर्य गर भन्दै गर्दा यत्तिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौच सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु ।’
‘अब सुन्ने र सहने शक्ति छैन ममा । कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर,’ उनले अन्तिममा लेखेकी छिन् । हाल धुर्मुस–सुन्तली गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणमा अनियमितता गरेको भन्दै सर्वत्र विरोध भइरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
