• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, असार २८, २०८२
शनिबार, असार २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा

लोकप्रिय समाचार

  • १. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस् 

  • ७. २०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ९. नेपालले बंगलादेशसँग मैत्रीपुर्ण फुटबल खेल्ने

  • १०. अन्तरिक्षमा १६६ जनाको मानव अस्तु लिएर गएको क्याप्सुल दुर्घटनाग्रस्त

मार्चमा नेपाल आउने पर्यटक १ लाखको हाराहारीमा, कोरोना महामारी पछिको सबैभन्दा धेरै

काठमाडौँ । यस वर्षको मार्चमा आएका पर्यटकको संख्याले कोभिड–१९ अघिको अवस्था फर्केको देखाएको छ । सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ जना पर्यटक नेपाल आएका छन् । यो झण्डै कोभिड अगाडिको तथ्यांक जस्तै हो । कोभिड सुरु हुनुभन्दा अघि सन् २०१९ को मार्चमा १ लाख २७ हजार पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार यो वर्षको मार्चमा सन् २०१९ को मार्चका तुलनामा ७८ प्रतिशत बढी पर्यटक आएका छन् । पछिल्ला तीन वर्षलाई हेर्दा यो निकै सुधार हो ।

अर्कोतिर मार्चमा आएका पर्यटकको संख्या कोभिड–१९ पछि सबैभन्दा धेरै हो । कोभिड–१९ को ३ वर्षमा एक लाखको हाराहारीमा पहिलो पटक पर्यटक आगमन भएको छ । कोभिड–१९ पछि सबैभन्दा बढी पर्यटक सन् २०२२ को अक्टोबारमा आएका थिए । त्यो बेला ८८ हजार ५ सय ८२ जना पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

पछिल्लो महिना पर्यटकको आगमनसँगै नेपालको पर्यटन आगमन कोभिड–१९ अगावैको लयमा फिर्ता हुने क्रममा रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, “पर्यटक आगमन क्रमशः लयमा फिर्ता हुने क्रममा रहेको छ । सन् २०२३ मा २०१९ कै हाराहारीमा पर्यटक आगमन हुने र पर्यटन क्षेत्र लयमा आउने आकलन गरेका छौं ।” सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०२३ को पहिलो महिना जनवरीमा ५५ हजार र फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को तुलनामा सन् २०२३को जनवरीमा ७० प्रतिशत बढी, फेब्रुअरीमा ७४ प्रतिशत बढी र मार्चमा ७८ प्रतिशत बढी पर्यटक आगमन हुनु भनेको पर्यटन लयमा फिर्ता हुने क्रममा रहेको संकेत गरेको निर्देशक लामिछानेको भनाइ छ ।

सन् २०२२ को मार्चमा ४२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०२१ को सोही महिना १५ हजार, सन् २०२० मा कोभिडका बाबजुद पनि ४२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

कोभिड–१९ कारण विगत ३ वर्षदेखि सुस्ताएको पर्यटक आगमन सन् २०२३ बाट नै वृद्धि हुँदै गएकाले सन् २०१९को हाराहारीमा पर्यटक आगमन हुने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष निलहरि बाँस्तोलाले बताए । उनले भने, “यो समय पर्यटक आरोहणका लागि आउने भएकाले आगामी महिना थप हिमाल आरोहणको लागि पर्यटक आउने भएकाले सन् २०२३मा पर्यटक आगमनदरमा उल्लेख्य सुधार हुने छ ।”

नेपाल भ्रमणको लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ । मार्चमा भारतबाट २५ हजार ९ सय ११, दोश्रोमा चीनबाट ९ हजार ५ सय ५७, बेलायतबाट ६ हजार १ सय ३३, जर्मनीबाट ४ हजार १ सय, ४९ श्रीलंकाबाट ३ हजार ८ सय ९८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

पछिल्लो समय पर्यटक आगमनमा सुधार आएको होटल संघ नेपाल पोखरा च्याप्टरका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पोखरा आसपासमा पर्यटकको चहलपहल देखिएको छ तर आगमन वृद्धि केही महिना सुधार उन्मुख भए पनि सिजनमा भने अपेक्षकृत रुपमा सुधार नभएको अध्यक्ष सुवेदीको भनाइ छ । उनले भने “हाल पोखराका होटलमा ३० प्रतिशत अकुपेन्सी रहेको छ । नयाँ वर्ष आउने क्रममा रहेकाले गर्दा पर्यटक आगमन वृद्धि हुने अपेक्षा छ ।”

सन् २०२२ मा ६ लाख १४ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । चीनले पनि कोभिड–१९ पछि आफ्ना नागरिकलाई भ्रमणमा निस्किन दिएकाले नेपालमा पनि मार्च महिनामा पर्यटक आगमन वृद्धि भएको छ । कोभिडको त्रास हराउँदै जानु र हवाई सञ्जाल कोभिड–१९ अगावैको अवस्थामा जानुले पनि पर्यटक आगमनमा वृद्धि भएको व्यवसायीहरुको भनाइ छ ।

कोभिडपछि विश्वमा अन्य पर्यटकीय मुलुकले ७० देखि ८० प्रतिशतसम्म पर्यटन पुनरुत्थान गरिरहेका छन् । नेपालमा पनि त्यसको प्रभाव पर्दै गएकाले पनि पर्यटन आगमनमा वृद्धि हुँदै गएको बोर्डले जनाएको छ । पछिल्लो समय सार्क मुलुककै हाराहारीमा युरोपबाट पर्यटक आगमनदरमा वृद्धि हुँदै गएकाले पनि नेपालको पर्यटन क्षेत्र लयमा फिर्ता हुने पथमा रहेको प्रमाण भएको निर्देशक लामिछानेले बताए ।

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
    एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
    अन्ततः शुभम गिलले तोडे बिराट कोहलीको किर्तिमान

    लोकप्रिय

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २७ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २६ गते विहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन

    ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

    आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ असार २८ गतेदेखि साउन ०२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री उत्पादन
    • ‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
    • आर्थिक बर्ष २०८२/८३ को मौद्रिक नीतिको सम्बन्धमा नाडाको धारणा
    • एक अर्ब ३७ कराेडकाे ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.