पर्यटन प्रवर्द्धनका लागि पदयात्रा
गलकोट । यहाँको दुई पर्यटकीय गन्तव्य जोड्नका लािग पदयात्रा गरिएको छ । धौलागिरि चक्रिय पदमार्गका रुपमा नयाँ गन्तव्य बनाउने उद्देश्यले नयाँ वर्षमा पदयात्रा आयोजना गरिएको पर्यटन अभियान्ता खिमानन्द कँडेलले जानकारी दिए ।
पर्यटकीय क्षेत्रको विकास र प्रचार–प्रसारका लागि पर्यटन अभियान्ता, सरोकारवाला निकाय तथा स्थानीयवासीको सक्रियतामा गाजादह, हलहले, घोडाँबाधे, सिलकोट हुँदै बेलढुङ्गासम्म पदयात्रा गरिएको हो ।
“पर्यटन विकासका लागि प्रचारप्रसार र पूर्वाधार ठूलो कुरा हो, अहिले प्रचारप्रसारका कारण बेलढुङ्गामा पर्यटक बढेका छन्, तर एक स्थानमा आएका पर्यटकलाई अर्को स्थानमा लैजान सकिएको छैन”, कँडेलले भने, “गाजा दहलाई बेलढुङ्गासम्म जोड्ने र घोडाँबाधेलाई ‘ग्लोबल कल्चर भ्याली’का रुपमा विकास गर्नका लागि पदयात्रा गरिएको हो ।”
पदयात्रासँगै घोडाबाधे, बेलढुङ्गालगायतको स्थानमा पर्यटकीयस्थलको विकासका लागि गर्न सकिने नवीन कामका विषयमा अन्तरक्रिया समेत गरिएको छ । पदयात्रामा स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा पर्यटन अभियान्ता सहभागी थिए। गलकोट नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकाको आयोजनामा पदयात्राको गरिएको हो ।
पदयात्राकै क्रममा पदयात्रीसहितको समूहले पर्यटन अभियान्ता कृष्ण केसीको संयोजनमा घोडाबाधेमा एक सय ९८ देशको राष्ट्रिय झण्डा फहराएका थिए । कृष्ण केसीले गाजादह, घोडाबाँधे, बेलढुङ्गा हुँदै पञ्चकोटलाई धौलागिरि चक्रिय पदमार्गको रुपमा विकास गर्नका लागि निरन्तर प्रवद्र्धनात्मक काम गरिरहेको बताए।
गलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल गाजाको दह समद्री सतहदेखि दुई हजार चार सय ८० मिटर उचाइमा रहेको छ भने काठेखोला गाउँपालिका–३ धम्जाको बेलढुङ्गा समद्री सतहदेखि दुई हजार ६०० मिटरको उचाइमा रहेको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

