चार महिनामा आए ३ लाख २६ हजार पर्यटक
काठमाडौं। सन् २०२३ को ४ महिना (अप्रिल) मा ९८ हजार ७ सय ९३ जनाले नेपाल भ्रमण गरेका छन् । मार्च महिनामा ९९ हजार ४ सय २६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा आउने पर्यटक कोभिड – १९ पछिकै सबैभन्दा धेरै थियो ।
कोभिड–१९ को ३ वर्ष पछि एक लाखको हाराहारीमा पहिलो पटक पर्यटक आगमन भएको थियो । कोभिड–१९ पछि सबै भन्दा बढी पर्यटक आगमन भएको सन् २०२२ को अक्टोबरमा ८८ हजार ५ सय ८२ थियो ।
जनवरीमा ५५ हजार ७४, फेब्रअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६ र अप्रिलमा ९८ हजार ७ सय ९३ पर्यटक गरी सन् २०२३ को पछिल्लो ४ महिनामा ३ लाख २६ हजार ५ सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सन् २०२२ को अप्रिलमा ६१ हजार ५ सय ८९ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०२१ को सोही महिनामा २२ हजार ७ सय ३२, सन् २०२० मा कोभिडको समयमा १४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा १ लाख ९ हजार ३ सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

