चार महिनामा आए ३ लाख २६ हजार पर्यटक
काठमाडौं। सन् २०२३ को ४ महिना (अप्रिल) मा ९८ हजार ७ सय ९३ जनाले नेपाल भ्रमण गरेका छन् । मार्च महिनामा ९९ हजार ४ सय २६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा आउने पर्यटक कोभिड – १९ पछिकै सबैभन्दा धेरै थियो ।
कोभिड–१९ को ३ वर्ष पछि एक लाखको हाराहारीमा पहिलो पटक पर्यटक आगमन भएको थियो । कोभिड–१९ पछि सबै भन्दा बढी पर्यटक आगमन भएको सन् २०२२ को अक्टोबरमा ८८ हजार ५ सय ८२ थियो ।
जनवरीमा ५५ हजार ७४, फेब्रअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६ र अप्रिलमा ९८ हजार ७ सय ९३ पर्यटक गरी सन् २०२३ को पछिल्लो ४ महिनामा ३ लाख २६ हजार ५ सय २८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
सन् २०२२ को अप्रिलमा ६१ हजार ५ सय ८९ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०२१ को सोही महिनामा २२ हजार ७ सय ३२, सन् २०२० मा कोभिडको समयमा १४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सन् २०१९ मा १ लाख ९ हजार ३ सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
